जापानी अभिनेत्रीको होटलबाट खसेर मृत्यु | Khabarhub Khabarhub

जापानी अभिनेत्रीको होटलबाट खसेर मृत्यु


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो(अमर उजाला)– ‘आइडली प्राइड’, ‘स्टार ब्लेजर्स २२०२’ र ‘कन्वीनियन्स स्टोर ब्वाइफ्रेण्ड्स’ जस्ता सिरिजमा भ्वाइस ओभर गरेकी जापानी अभिनेत्री सयाका काण्डाको निधन भएको छ । उनको आधिकारिक वेबसाइटले उनको निधनको पुष्टि गरेको छ । उनी ३५ वर्षकी थिइन् ।

समाचारअनुसार उनी आफू बसेको होटलको २२ औं तलाबाट खसेकी थिइन् । प्रहरीले अभिनेत्रीको मृत्युलाई आत्महत्या भने पनि यसलाई शंकाको घेरामा राखेको छ ।

सयाकाको सम्पर्क कार्यालयले विज्ञप्ती जारी गर्दै अभिनेत्री गम्भीर दुर्घटनाको शिकार भएको दाबी गरेको छ । सयाकाको डिसेम्बर १८ को बेलुका निधन भएको थियो ।

सयाका होटल बाहिर बेहोस अवस्थामा भेटिएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार उनको शरीर रगतले भिजेको थियो । उनलाई अस्पताल लगिए पनि उनको निधन भइसकेको थियो । प्रहरीले अभिनेत्रीको मृत्युलाई आत्महत्या भने पनि सयाकाका साथीहरु यसलाई आत्महत्या मान्दैनन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : २७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः