शिक्षक कुट्ने विद्यार्थीलाई कारबाही नगरेसम्म आरआरमा पढाइ नहुने « Khabarhub

शिक्षक कुट्ने विद्यार्थीलाई कारबाही नगरेसम्म आरआरमा पढाइ नहुने


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठडमाडौँ– विद्यार्थीले शिक्षक कुटेको विरोध स्वरुप रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षकहरुले पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

मंगलबार रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै पठनपाठन बन्द भएको जानकारी दिएका हुन् ।

शैक्षिक संस्था जस्तो उच्च नैतिकता प्रर्दशन गर्नुपर्ने स्थलमा गुन्डागर्दी भएको भन्दै प्रध्यापक संघले शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थीप्रति खेद प्रकट गरेको छ ।

शैक्षिक संस्थामा प्राध्यापकहरु नै असुरक्षित हुने  अवस्था रहेसम्म र आक्रमणकारी विद्यार्थीलाई कारबाही नभएसम्म अध्यापन नगर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले एक शिक्षकलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते शिक्षकको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

 

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ५९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र