शिक्षक कुट्ने विद्यार्थीलाई कारबाही नगरेसम्म आरआरमा पढाइ नहुने « Khabarhub

शिक्षक कुट्ने विद्यार्थीलाई कारबाही नगरेसम्म आरआरमा पढाइ नहुने


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठडमाडौँ– विद्यार्थीले शिक्षक कुटेको विरोध स्वरुप रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षकहरुले पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

मंगलबार रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै पठनपाठन बन्द भएको जानकारी दिएका हुन् ।

शैक्षिक संस्था जस्तो उच्च नैतिकता प्रर्दशन गर्नुपर्ने स्थलमा गुन्डागर्दी भएको भन्दै प्रध्यापक संघले शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थीप्रति खेद प्रकट गरेको छ ।

शैक्षिक संस्थामा प्राध्यापकहरु नै असुरक्षित हुने  अवस्था रहेसम्म र आक्रमणकारी विद्यार्थीलाई कारबाही नभएसम्म अध्यापन नगर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले एक शिक्षकलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते शिक्षकको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

 

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ५९ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको