डा. शशांक कोइरालाभन्दा बढी मत ल्याउने मुक्ता यादव को हुन् ? « Khabarhub

डा. शशांक कोइरालाभन्दा बढी मत ल्याउने मुक्ता यादव को हुन् ?


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतका निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् । ७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक मत ल्याएकी छन् ।

मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले ३९६० मत प्राप्त गरेकी छन् । अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।

यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री एवं विपी पुत्र डा. शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए । शशांकभन्दा पनि अगाडि बढेर मुक्ताले १२४ मत बढी ल्याइन् । मुक्ताले लोकप्रिय ३०२३ मत पाएका महामन्त्री गगन थापालाई पछि उछिनेकी छन् ।

२७३३ मत पाएर निर्वाचित सभापति शेरबहादुर देउवालाई पनि उछिनेकी मुक्ताले कसरी यति धेरै मत ल्याइन् भनेर कांग्रेसमा चर्चा सुरु भएको छ ।

यसको पछाडिको कारण भनेको मुक्ता उम्मेदवारी दिँदा कुनै समूहमा खुलेकी थिइनन् । सामाजिक सञ्जालमासमेत उम्मेदवारीको जानकारी गराउँदा मुक्ताले समूह खुलाएकी छैनन् ।

मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावली हेर्ने हो भने सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै प्यानलमा उनको नाम थियो । त्यसैकारण आफूलाई सर्वाधिक मत आएको उनको निष्कर्ष छ ।

धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर १ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : ०४ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको