प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षीय नेता प्रतिस्पर्धामा | Khabarhub Khabarhub

प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षीय नेता प्रतिस्पर्धामा


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादव र नेता बिमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराका छन् । उनी दुवै जना जनकपुरको गोपाल धर्मशाला पुगेर उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र रूपमा रञ्जित कर्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे पनि उनले उम्मेदवारी भने दर्ता गराएका छैनन् ।

मन्त्री यादवले आफू कुनै गुटबाट नभई कांग्रेसबाट उम्मेदवारी दिएको बताएका छन् । यादवले आफूलाई सबैको समर्थन रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे । कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको दाबी छ ।

देउवा पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र नेता उपेन्द्र यादवले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू सहित ७२ जना प्रदेश कार्य समिति चयन हुने छ । मनोनयन दर्ता अझै जारी नै रहेकोले उम्मेदवारहरूको अन्तिम नामावली राती १० बजे प्रकाशन गरिने प्रदेश निर्वाचन समिति सदस्य अरुणकुमार यादवले बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : ३७ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड