प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षीय नेता प्रतिस्पर्धामा « Khabarhub

प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षीय नेता प्रतिस्पर्धामा


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादव र नेता बिमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराका छन् । उनी दुवै जना जनकपुरको गोपाल धर्मशाला पुगेर उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र रूपमा रञ्जित कर्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे पनि उनले उम्मेदवारी भने दर्ता गराएका छैनन् ।

मन्त्री यादवले आफू कुनै गुटबाट नभई कांग्रेसबाट उम्मेदवारी दिएको बताएका छन् । यादवले आफूलाई सबैको समर्थन रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे । कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको दाबी छ ।

देउवा पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र नेता उपेन्द्र यादवले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू सहित ७२ जना प्रदेश कार्य समिति चयन हुने छ । मनोनयन दर्ता अझै जारी नै रहेकोले उम्मेदवारहरूको अन्तिम नामावली राती १० बजे प्रकाशन गरिने प्रदेश निर्वाचन समिति सदस्य अरुणकुमार यादवले बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : ३७ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन