जहाज खरिदका लागि निगमले माग्यो १५ अर्ब रुपैयाँ, निजीकरण रोकियो | Khabarhub Khabarhub

जहाज खरिदका लागि निगमले माग्यो १५ अर्ब रुपैयाँ, निजीकरण रोकियो


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ ।

निगमका अध्यक्ष युवराज अधिकारीले निगमको उडान विस्तार गरी व्यापार प्रवर्द्धनका लागि उक्त रकम आवश्यक भएकाले नयाँ जहाज खरिदको कार्ययोजना बनाइएको जानकारी दिए ।

उनले केही दिनमै नयाँ जहाज खरिदबारे कार्ययोजना निगम सञ्चालक बोर्डले निर्णय गरेर पर्यटनमन्त्रीसमक्ष पेश गरिने बताए। उनले भने, “निगमको अहिले ऋण दायित्व खराब अवस्थामा छ । यो रकम पूँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौँ, यसले निगमलाई हालको घाटाबाट मुक्ति दिलाएर व्यावसायिक लाभ हासिल गर्न सहयोग पुग्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई निजीकरण नगर्ने बताउनुभएको छ ।

नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भएको भन्दै निगमलाई निजीकरणबाट रोकिने विश्वास व्यक्त गरे ।

स्मरणीय के छ भने निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका कर्मचारी सङ्गठनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमलाई कौडीको भाउमा बिक्री गरेर स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउँदै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा मागेर उनीहरुले आन्दोलन गरेका थिए । जसका कारण महाप्रबन्धक पौडेल १०२ दिनसम्म कार्यालय पुग्न सक्नुभएको थिएन । पर्यटनमन्त्रीले कर्मचारी युनियनसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो ।

कर्मचारीको भावनाबमोजिम निगमका कार्यकारी अध्यक्षमा निगमकै अवकासप्राप्त कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगमका महाप्रबन्धकलाई हाल मन्त्रालयमा हाजिर गराइएको छ । अधिकारीको नेतृत्वमा हाल निगमभित्र सुधारका काम भइरहेको छ । जुन तीनवटै कर्मचारी सङ्गठनका अध्यक्षले स्वयं बताइरहेका छन् ।

निगम व्यवस्थापन र कर्मचारीबीच पर्यटनमन्त्री आलेले निगमलाई निजीकरण नगर्ने घोषण गर्दै निजीकरण गर्ने प्रक्रियाबाट रोकेको मन्त्रालयको पत्र पढेर सुनाएका थिए। मन्त्रीको उक्त निर्णयलाई कर्मचारीले तालीले स्वागत गरेका थिए । यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरी मन्त्रालयमा कार्ययोजना पठाएको थियो ।

पर्यटनमन्त्री आलेले एक हजार २०० भन्दाबढी कर्मचारी भएको निगममा साना ठूला गरी जम्मा आठ वटा मात्रै जहाज हुनु लज्जाको विषय हो भन्दै निगममा भएका जनशक्तिलाई कसरी उपयोग गरिन्छ भनी प्रश्न गरे । उनले भने, “विगतमा जहाज नउडाएर ग्राउण्डेड गराउँदा अहिलेको अवस्था आयो । मर्मतमा करोडौँ खर्च हुने देखिन्छ । त्यसैले अब निगममा जहाज थपेर प्रतिस्पर्धी बजारमा खरोरुपमा उत्रिन जरुरी छ ।”

उनले निगमका जहाजलाई अब पनि त्रिपाल हालेर घाममा सुकाउने नभई बढीभन्दा बढी व्यावसायिक गन्तव्यमा उडान विस्तारका लागि कार्ययोजनाका साथ प्रस्तुत हुन निगम व्यवस्थापनलाई निर्देशन दिए ।

पर्यटनमन्त्री आलेले निगमले सम्हाल्दै आएको भूमिस्थ सेवालाई निजी एयरलाइन्सलाई दिन नसकिने बताए । निगमको बढ्दो घाटा कम गर्न निगमको स्रोत, साधन र जनशक्तिलाई प्रभावकारीरूपमा परिचालन गर्दै आर्थिक मितव्ययिता अपनाउन आग्रह गरे । उनले निगमलाई सुधार्न र व्यवसाय प्रवर्द्धनका लागि जहाज खरिदलगायतका विषयलाई कार्ययोजनाका साथ मन्त्रालयमा पेश गर्न अनुरोध गर्दै त्यसलाई सम्बन्धित मन्त्रालयमा प्रक्रियागतरूपमा अघि बढाइने विश्वास दिलाए ।

पर्यटनमन्त्री आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिए । निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो । उनले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गरे ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताए। उनले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए ।

उनले निगमको प्रमुख आयस्रोत भूमिस्थ सेवा खोस्न निजी एयरलाइन्स लागि परेको भन्दै निगमको भविष्यसँग जोडिएको यो सेवालाई निगमले नै पाउने गरी निर्णय गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध गरे । उनले निगमले विश्वका प्रख्यात एयरलाइन्ससँग सहकार्य गरेर निगमकै टिकटमा निगमका जहाज नपुग्ने विश्वका विभिन्न गन्तव्यमा पनि यात्रुले यात्रा गर्ने वातावरण सिर्जना भएको भन्दै यसले निगमको साखलाई उँचो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। रासस

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : ४५ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई