दुबईका शासक कान्छी पत्नीसँग सम्बन्धबिच्छेद गर्न ८० अर्ब रुपैयाँ दिँदै « Khabarhub

दुबईका शासक कान्छी पत्नीसँग सम्बन्धबिच्छेद गर्न ८० अर्ब रुपैयाँ दिँदै


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ । तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ ।

यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्धविच्छेदको सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ ।

बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको थियो । हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन् । उनी अहिले ४७ वर्षकी छन् ।

शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट ९यूएई० का प्रधानमन्त्री हुन् । उनले ६ वटा विहे गरेका थिए । हया उनकी कान्छी श्रीमती थिइन् ।

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सम्पन्तको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ ।

फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ । दुई मध्ये १४ वर्षकी एक छोर र एक ९ वर्षका छोरा छन् । उनले २९ करोड पाउण्डको ग्यारेन्टी पनि दिनु छ ।

हाया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागर बेलायत पुगेकी थिइन् । उनले पतिबाट आफ्नो ज्यानमा खतरा भएको बताएकी थिइन् । एजेन्सी

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : ५५ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग