न्युन चापीय प्रणालीको प्रभाव हट्यो, कस्तो रहला तीन दिनको मौसम ? « Khabarhub

न्युन चापीय प्रणालीको प्रभाव हट्यो, कस्तो रहला तीन दिनको मौसम ?


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको करिव दुई साताको प्रभाव हटेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि उल्लेख्य मौसमी प्रणाली छैन ।

अहिले पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । आज पनि तराईका केही स्थानमा बाक्लो हुस्सु लागेको छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका  एकाध  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान साढे ६ बजेको मापनअनुसार तापक्रम ३.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौंँको अधिकतम तापक्रम १८–२० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ ९ गते (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना देखिन्छ ।

राति : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश-१, बागमती , गण्डकी  र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १० गते (शनिबार)

दिउँसो :  सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश न १, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का बर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ११ गते (आइतबार)

दिउँसो :  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ४९ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी