न्युन चापीय प्रणालीको प्रभाव हट्यो, कस्तो रहला तीन दिनको मौसम ? | Khabarhub Khabarhub

न्युन चापीय प्रणालीको प्रभाव हट्यो, कस्तो रहला तीन दिनको मौसम ?


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको करिव दुई साताको प्रभाव हटेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि उल्लेख्य मौसमी प्रणाली छैन ।

अहिले पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । आज पनि तराईका केही स्थानमा बाक्लो हुस्सु लागेको छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका  एकाध  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान साढे ६ बजेको मापनअनुसार तापक्रम ३.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौंँको अधिकतम तापक्रम १८–२० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ ९ गते (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना देखिन्छ ।

राति : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश-१, बागमती , गण्डकी  र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १० गते (शनिबार)

दिउँसो :  सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश न १, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का बर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ११ गते (आइतबार)

दिउँसो :  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ४९ बजे

आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गरौँ : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्प कमल दाहाल (प्रचण्ड) आन्दोलनरत

निजी स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति अफिनको ध्यानाकर्षण

काठमाडौं– निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

समाजवादी र विप्लवसँग एकता गर्न नसकेपछि छट्पटीमा प्रचण्ड

काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट