बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा « Khabarhub

बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ ।

बिहीबार राति भएको अन्तिम ३२को खेलमा कोर्नेलालाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै बार्सिलोना अर्को चरणमा पुगेको हो ।

कोर्नेलाको मैदानमा बार्सिलोनाले दुई पेनाल्टीमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा ओसुमाने डेम्बेले र मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

खेलको ९२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

११८औँ मिनेटमा अल्बर्टले रातो कार्ड पाएपछि कोर्नेला १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको १२०औँ मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

त्यसअघि खेलको ३९औँ मिनेटमा मिरालिम पाज्निकले पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तै ८०औँ मिनेटमा डेम्बेले पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : १० बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा