महान्यायाधिवक्ता खरेलले पेश गरे राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना « Khabarhub

महान्यायाधिवक्ता खरेलले पेश गरे राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना संवैधानिक इजलासमा पेश गरेका छन् ।

बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।

शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ सुरू भए लगत्तै खरेलले राजपत्र बुझाएका हुन् । राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।

खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिनुपर्‍यो ?’ भनेर प्रतिप्रश्न गरेका थिए ।

न्यायाधीश सिन्हाले प्रश्न उठेपछि आफूले पीएलाई वेबसाइटमा भए/नभएको हेर्न लगाएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिनको सुनुवाइ सुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतवारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।

छैटौं दिनको सुनुवाइको सुरूमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरिरहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ०४ बजे

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो