महान्यायाधिवक्ता खरेलले पेश गरे राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना | Khabarhub Khabarhub

महान्यायाधिवक्ता खरेलले पेश गरे राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना संवैधानिक इजलासमा पेश गरेका छन् ।

बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।

शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ सुरू भए लगत्तै खरेलले राजपत्र बुझाएका हुन् । राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।

खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिनुपर्‍यो ?’ भनेर प्रतिप्रश्न गरेका थिए ।

न्यायाधीश सिन्हाले प्रश्न उठेपछि आफूले पीएलाई वेबसाइटमा भए/नभएको हेर्न लगाएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिनको सुनुवाइ सुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतवारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।

छैटौं दिनको सुनुवाइको सुरूमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरिरहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ०४ बजे

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

सेभिया– प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच

नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि

काठमाडौं – नेपाली फिल्म इतिहासको ६० वर्षमा मात्रै १४ फिल्मले

जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत

भ्रातृसंगठनसम्म पुग्यो एकीकृत समाजवादीको किचलो, अनेरास्ववियू विभाजित

काठमाडौं- भ्रष्टाचार मुद्दा लागेर पनि अध्यक्ष र संसदीय दलको नेताको

राजावादीलाई लिङ्देनको आग्रह- राजाको जन्मदिनमा सहभागी बनाैँ

 काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई सँगसँगै