चालिसपछि अभिनयमा रमाउने यी कलाकार « Khabarhub

चालिसपछि अभिनयमा रमाउने यी कलाकार


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– हरेक व्यक्ति आफ्नो करियर जवानीमै सुरू होस् भन्ने चाहन्छ । तर बलिउडमा आजकल स्टारका सन्तानहरु १७ देखि १८ वर्षमै अभिनय करियर सुरू गरिरहँदा त्यहीँ बलिउडका केही कलाकारहरुले भने ४० उमेरको हाराहारीमा फिल्ममा पाइला चालेका छन् ।

अभिनेता बोमन ईरानी बलिउडका लोकप्रिय अभिनेतामा पर्छन् । उनले ४४ वर्षको उमेरमा फिल्म ‘डरना मना है’बाट फिल्मी करियर सुरू गरे । यसपछि उनले राजकुमार हिरानीको फिल्म ‘मुन्ना भाई एमबीबीएस’ र ‘थ्री इडियट्स’ जस्ता फिल्ममा ‘आइकनिक’ भूमिका निभाए ।

अभिनयबाट राजनीतिसम्मको यात्रा तय गरेकी अभिनेत्री किरण खेरले बलिउडमा कैयौं फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेकी छन् । उनले ४१ वर्षको उमेरमा शाहरुख खान अभिनित फिल्म ‘देवदास’बाट बलिउडमा पाइला चालिन् । यो फिल्मपछि उनी ‘हम तुम’, ‘दोस्ताना’ र ‘ओम शान्ति ओम’लगायतका फिल्ममा प्रमुख भूमिकामा देखिइन् ।

अभिनेत्री लिलेट दुबे एक पुरानो वाइन जस्तै छिन् । जो उमेर ढल्कँदै गएपछि पनि चमकदार बनिरहेकी छन् । उनले ‘जुबैदा’, ‘कल हो ना हो’, ‘पिन्जर’ र ‘मनसून वेडिङ’ जस्ता फिल्ममा अभिनय गरेर लोकप्रियता हासिल गरिसकेकी छन् । उनले ४४ वर्षको उमेरमा टेलिभिजन सिरिज ‘कभी कभी’बाट सानो पर्दामा पाइला चालेकी थिइन् ।

लेखक, गायक र अभिनेता पीयूष मिश्रा दर्शकमाझ ‘ग्याङ अफ वासेपुर’मा निभाएको गहन भूमिकाले चिनिए । उनले ३५ वर्षको उमेरमा शाहरुख खानको फिल्म ‘दिल से’बाट बलिउडमा डेब्यू गरेका थिए ।

अमरिश पुरी ।

बलिउडले सधैं सम्झिइरहने नाम हो अमरिश पुरी । ‘मिस्टर इण्डिया’ मा ‘मोगेम्बो’ को भूमिकाले अमरिशलाई बलिउडमा अमर बनाइदिएको छ । अमरिशले ३८ वर्षको उमेरमा एक अभिनेताका रुपमा बलिउडमा पाइला चालेका थिए ।

अभिनेता सञ्जय मिश्रा बलिउडका ती अभिनेतामा पर्छन्, जसको पृथक अभिनयले दर्शकमाझ भिन्न पहिचान बनाए । उनले ३३ वर्षको उमेरमा फिल्म ‘ओह डार्लिङ’बाट बलिउडमा पाइला चाले । सञ्जय आफ्नो कमिक टाइमिङ र अभिनय क्षमताका लागि चिनिन्छन् ।

टेलिभिजन शो ‘कसौटी जिन्दगी की’ले अभिनेता रोनित रोयलाई घरेलू अनुहार बनाइदिएको थियो । उनी फिल्म क्षेत्रमा सबैभन्दा रुचाइएका अभिनेतामध्ये एक हुन् । किलर लुक्स र दमदार अभिनय क्षमताका रोनितले २७ वर्षको उमेरमा अभिनयमा पाइला चालेका थिए ।

अभिनेता पंकज त्रिपाठीलाई ‘ग्याङ अफ वासेपुर’ र ‘ओमकारा’ जस्ता कैयौं फिल्ममा छोटो भूमिकामा दर्शकले हेरिसकेका छन् । पंकज जहिल्यै पनि आफ्ना लागि यस्तो भूमिकाको खोजीमा थिए, जसले उनलाई पहिचान दिन सकोस् । ‘मिर्जापुर’ वेब सिरिज पछि बलिउडका अधिकांश निर्देशक पंकजसँग काम गर्न लाललियत भएका छन् ।

अभिनेत्री चित्रांगदा सिंहले बलिउडमा फिल्म ‘हजारों ख्वाहिशें ऐसी’बाट अभिनय करियर सुरू गरिन् । यो फिल्ममा अभिनय गर्दा उनी २७ वर्षको थिइन् । यो फिल्म पछि उनी अक्षय कुमारको ‘देसी बोइज’ र सैफ अली खानको फिल्म ‘बाजार’मा देखिइन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ३३ बजे

एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौं– नेपाली कांग्रेसको नयाँ विशेष महाधिवेशनपछि गठन भएको नवनिर्वाचित कार्यसमितिको

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,