चालिसपछि अभिनयमा रमाउने यी कलाकार « Khabarhub

चालिसपछि अभिनयमा रमाउने यी कलाकार


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– हरेक व्यक्ति आफ्नो करियर जवानीमै सुरू होस् भन्ने चाहन्छ । तर बलिउडमा आजकल स्टारका सन्तानहरु १७ देखि १८ वर्षमै अभिनय करियर सुरू गरिरहँदा त्यहीँ बलिउडका केही कलाकारहरुले भने ४० उमेरको हाराहारीमा फिल्ममा पाइला चालेका छन् ।

अभिनेता बोमन ईरानी बलिउडका लोकप्रिय अभिनेतामा पर्छन् । उनले ४४ वर्षको उमेरमा फिल्म ‘डरना मना है’बाट फिल्मी करियर सुरू गरे । यसपछि उनले राजकुमार हिरानीको फिल्म ‘मुन्ना भाई एमबीबीएस’ र ‘थ्री इडियट्स’ जस्ता फिल्ममा ‘आइकनिक’ भूमिका निभाए ।

अभिनयबाट राजनीतिसम्मको यात्रा तय गरेकी अभिनेत्री किरण खेरले बलिउडमा कैयौं फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेकी छन् । उनले ४१ वर्षको उमेरमा शाहरुख खान अभिनित फिल्म ‘देवदास’बाट बलिउडमा पाइला चालिन् । यो फिल्मपछि उनी ‘हम तुम’, ‘दोस्ताना’ र ‘ओम शान्ति ओम’लगायतका फिल्ममा प्रमुख भूमिकामा देखिइन् ।

अभिनेत्री लिलेट दुबे एक पुरानो वाइन जस्तै छिन् । जो उमेर ढल्कँदै गएपछि पनि चमकदार बनिरहेकी छन् । उनले ‘जुबैदा’, ‘कल हो ना हो’, ‘पिन्जर’ र ‘मनसून वेडिङ’ जस्ता फिल्ममा अभिनय गरेर लोकप्रियता हासिल गरिसकेकी छन् । उनले ४४ वर्षको उमेरमा टेलिभिजन सिरिज ‘कभी कभी’बाट सानो पर्दामा पाइला चालेकी थिइन् ।

लेखक, गायक र अभिनेता पीयूष मिश्रा दर्शकमाझ ‘ग्याङ अफ वासेपुर’मा निभाएको गहन भूमिकाले चिनिए । उनले ३५ वर्षको उमेरमा शाहरुख खानको फिल्म ‘दिल से’बाट बलिउडमा डेब्यू गरेका थिए ।

अमरिश पुरी ।

बलिउडले सधैं सम्झिइरहने नाम हो अमरिश पुरी । ‘मिस्टर इण्डिया’ मा ‘मोगेम्बो’ को भूमिकाले अमरिशलाई बलिउडमा अमर बनाइदिएको छ । अमरिशले ३८ वर्षको उमेरमा एक अभिनेताका रुपमा बलिउडमा पाइला चालेका थिए ।

अभिनेता सञ्जय मिश्रा बलिउडका ती अभिनेतामा पर्छन्, जसको पृथक अभिनयले दर्शकमाझ भिन्न पहिचान बनाए । उनले ३३ वर्षको उमेरमा फिल्म ‘ओह डार्लिङ’बाट बलिउडमा पाइला चाले । सञ्जय आफ्नो कमिक टाइमिङ र अभिनय क्षमताका लागि चिनिन्छन् ।

टेलिभिजन शो ‘कसौटी जिन्दगी की’ले अभिनेता रोनित रोयलाई घरेलू अनुहार बनाइदिएको थियो । उनी फिल्म क्षेत्रमा सबैभन्दा रुचाइएका अभिनेतामध्ये एक हुन् । किलर लुक्स र दमदार अभिनय क्षमताका रोनितले २७ वर्षको उमेरमा अभिनयमा पाइला चालेका थिए ।

अभिनेता पंकज त्रिपाठीलाई ‘ग्याङ अफ वासेपुर’ र ‘ओमकारा’ जस्ता कैयौं फिल्ममा छोटो भूमिकामा दर्शकले हेरिसकेका छन् । पंकज जहिल्यै पनि आफ्ना लागि यस्तो भूमिकाको खोजीमा थिए, जसले उनलाई पहिचान दिन सकोस् । ‘मिर्जापुर’ वेब सिरिज पछि बलिउडका अधिकांश निर्देशक पंकजसँग काम गर्न लाललियत भएका छन् ।

अभिनेत्री चित्रांगदा सिंहले बलिउडमा फिल्म ‘हजारों ख्वाहिशें ऐसी’बाट अभिनय करियर सुरू गरिन् । यो फिल्ममा अभिनय गर्दा उनी २७ वर्षको थिइन् । यो फिल्म पछि उनी अक्षय कुमारको ‘देसी बोइज’ र सैफ अली खानको फिल्म ‘बाजार’मा देखिइन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ३३ बजे

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा