गरिबका छोराछोरी पढ्ने विद्यालयको यस्तो बिजोग ! « Khabarhub

गरिबका छोराछोरी पढ्ने विद्यालयको यस्तो बिजोग !


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नजिकमा दुई वटा पोखरी छन् । मठमन्दिर पनि छन् । ठाउँ रमणीय छ । गङ्गा सागर र धनुष सागर पोखरीको डिलमा साघुरो बाटो छ । दिनको करिब दुई बजेको छ । साँघुरो बाटोमा नाक थुनेर कोही पिसाब फेरिरहेका छन् भने कोही ओहोरदोहोर गरिरहेका छन् । साँघुरो बाटो स्थानीय व्यापारीका लागि पिसाब फेर्ने ठाउँ बनेको छ ।

त्यही बाटोको छेउमा, पोखरीको डिलमा एउटा विद्यालय छ । विद्यालयमा विद्यार्थीको चहलपहल छैन । उपस्थित शिक्षकहरू दक्षिणतर्फको चौरमा घाम तापेर बसेका छन् । केही कक्षा कोठामा विद्यार्थीहरू खेल्दै छन् । कुनैमा शिक्षक पढाउँदैछन् । नजिकैको साँघुरो बाटोबाट दिसापिसाबको दुर्गन्ध सोझै कक्षा कोठामा पुग्छ । शिक्षक र विद्यार्थीको अनुहारमा दुर्गन्धको छनक प्रष्टै देखिन्छ ।

यस्तो दृश्य हो, जनकपुरधाम उपमहानगरपालिका–४ स्थित राजर्षि जनक राष्ट्रिय प्राथमिक विद्यालयको ।

कुरा गत साताको एक दिनको हो । प्रधानाध्यापक वनारसीदेवी तीन दिनदेखि विदामा छिन् । शिक्षक अनिता ठाकुरका अनुसार विद्यालयमा कुल ११२ जना विद्यार्थी भर्ना भएको तथ्यांक छ तर आज १७ जनामात्र उपस्थित छन् । कक्षा दुईमा आठ जना, तीनमा तीन जना, चारमा दुई जना र कक्षा पाँचमा पाँच जनागरी १७ जना देखिए । शिशु कक्षा र कक्षा एक रित्तै थिए ।

‘पहिले यहाँ विद्यार्थीको ताँती लाग्थ्यो । कोरोना र प्राइभेट विद्यालयका कारण विद्यार्थी आउँदैनन्,’ उनले भनिन्, ‘अहिले यो विद्यालयमा स्थानीयलआफ्ना छोराछोरी पढाउँदैनन् । यहाँ प्रायःजसो बाहिरबाट आएर ज्यालामजदुरी गर्ने र फुटफाथमा पसल थाप्नेका बालबालिकामात्र आउँछन् ।’

शिक्षक १३ जना

विद्यालयको विवरणमा ११२ जना विद्यार्थी भर्ना भएको देखिए पनि कोरोना भाइरसको बन्दाबन्दीपछि विद्यालय खुल्दा दैनिक २५ जनाभन्दा कम विद्यार्थी उपस्थित छन् । विद्यालयमा ८ जना स्थायी, ४ जना राहत, १ बालविकास गरी १३ जना शिक्षक र एक कार्यालय सहायक कार्यरत छन् । सरकारी प्रावधानअनुसार तराई क्षेत्रमा एक शिक्षक बराबर ५० जना विद्यार्थी हुनुपर्छ । यस हिसाबले राजर्षि जनक प्राथमिक विद्यालयमा ६५० जना विद्यार्थी हुनुपर्ने हो ।

शिक्षक रामवरण दासका अनुसार अभिभावकहरूमा सामुदायिक विद्यालयको शैक्षिकस्तर राम्रो छैन भन्ने मानसिकता बनेको छ तर वास्तविक अवस्था त्यस्तो होइन । अभिभावकको मानसिकता परिर्वतन नभएसम्म सामुदायिक विद्यालयमा विद्यार्थी संख्या नबढ्ने उनको ठहर छ ।

अधिकांश अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गरेका छन् । दासका अनुसार राजर्षि जनकमा करिब पाँच वर्षयता विद्यार्थी संख्या घटदै गएको छ । उपस्थित विद्यार्थीहरू पनि दिउँसै भाग्ने गरेका छन् ।

‘विद्यालयमा दलित समुदायका विद्यार्थी पढ्छन्,’ दासले भने, ‘उनीहरू फुर्सदको बेलामात्र आउछन् । दलित समुदायमा पनि अत्यन्तै गरिब अभिभावकका बालबालिका छन् ।’ उनका अनुसार विद्यालय जाने उमेरका बालबालिकाहरू मजदुरी गर्न जान्छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले