मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै « Khabarhub

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।

क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८:४० बजे काठमाडौँ अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्मु भएर त्यहाँ अलपत्र अवस्थामा थिए ।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन ।

उनले भनिन्यो, “निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ ।”

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गर्न लागेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ३ : १० बजे

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं– एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली– भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

मुम्बई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

बेलबारी–  स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल जारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि काठमाडौंको