केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन् : माधव नेपाल (भिडियोसहित) | Khabarhub Khabarhub

केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन् : माधव नेपाल (भिडियोसहित)


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए ।

नेपालले ओलीको कमद गैर संवैधानिक मात्र नभई संवैधानिक कू गरेको बताए । उनले भने, ‘संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भनेर कहीँ लेखिएको छैन । त्यसैले ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू हो । जननिर्वाचित व्यक्तिले पनि संवैधानिक कू गर्दो रहेछ । हामीले त पहिले राजामहाराजाले मात्र कू गर्छन् भन्ने सुनेका देखेका थियौँ ।’

हेरौँ भिडियो

संविधानसभाबाट बनेको संविधानले विधिको शासन स्थापित गर्न खोजेपनि प्रधानमन्त्री ओलीले त्यसलाई आफूमा केन्द्रित गरेको आरोप लगाए । उनले ओली एकाधिकारवादमा लागेको पनि आरोप लगाए ।

केपी ओलीले पार्टीको विधानभन्दा माथि आफूलाई ठानेर काम गर्दा उनलाई खबरदारी गर्न सडकमा आउनु पर्ने बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ३ : १५ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य