केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन् : माधव नेपाल (भिडियोसहित) « Khabarhub

केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन् : माधव नेपाल (भिडियोसहित)


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए ।

नेपालले ओलीको कमद गैर संवैधानिक मात्र नभई संवैधानिक कू गरेको बताए । उनले भने, ‘संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भनेर कहीँ लेखिएको छैन । त्यसैले ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू हो । जननिर्वाचित व्यक्तिले पनि संवैधानिक कू गर्दो रहेछ । हामीले त पहिले राजामहाराजाले मात्र कू गर्छन् भन्ने सुनेका देखेका थियौँ ।’

हेरौँ भिडियो

संविधानसभाबाट बनेको संविधानले विधिको शासन स्थापित गर्न खोजेपनि प्रधानमन्त्री ओलीले त्यसलाई आफूमा केन्द्रित गरेको आरोप लगाए । उनले ओली एकाधिकारवादमा लागेको पनि आरोप लगाए ।

केपी ओलीले पार्टीको विधानभन्दा माथि आफूलाई ठानेर काम गर्दा उनलाई खबरदारी गर्न सडकमा आउनु पर्ने बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ३ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग