शहीदका परिवारलाई जागिर दिने मन्त्री साहको घोषणा | Khabarhub Khabarhub

शहीदका परिवारलाई जागिर दिने मन्त्री साहको घोषणा


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका आन्दोलनहरूका शहीद परिवारलाई जागिर दिने घोषणा गरेका छन् ।

शुक्रबार रौतहटको माधव नारायण नगरपालिका-५, मिठुअवामा जनयुद्धका शहीद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब-ईन्जिनियर पढेका शहीद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने बताएका हुन ।

आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसँग सम्बन्धित रहेकोले शहीद परिवारमा सिभिल ईन्जिनियर तथा सब-ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताए ।

जनयुद्धको नेतृत्व गरेको प्रचण्डले शान्ति प्रक्रिया यता सरकारी कुर्सीमा बसे पछि र शहरिया बिलासी जीवन बिताउन थालेपछि शहीद परिवारलाई भुलेको बताउँदै मन्त्री साहले सरकारले वर्तमान सरकारको प्राथमिकतामा शहीद परिवार रहेको बताए ।

शहिदहरुले दिएको बलिदानीकै कारण देशमा नयाँ व्यवस्था आएको स्मरण गर्दै मन्त्री साहले शहीदको सपना साकार पार्न अन्तिमसम्म लडिरहने प्रतिबद्धता जनाए ।

तीन सयभन्दा बढी शहिद परिवारको सदस्यहरु कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य त्रिभुवन साह, नेता उपेन्द्र साह, संविधानसभा सदस्य अब्दुल कलाम अजाद, निवर्तमान सांसदद्वय समिना हुसेन तथा रेखा झा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : ३५ बजे

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

टेक्सास– नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर