ओलीको 'प्रतिगमन' परास्त गर्ने लडाइँमा छौं : नेता महतो | Khabarhub Khabarhub

ओलीको ‘प्रतिगमन’ परास्त गर्ने लडाइँमा छौं : नेता महतो


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिगमन’को बाटो अपनाएको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीले लोकतन्त्र र संघीयतामाथि नै प्रहार गरेका कारण यसको रक्षा गर्न आफूहरु सडक आन्दोलनमा उत्रिएका बताए ।

उनले भने , ‘ओलीको प्रतिगमन परास्त गर्ने लडाइँमा छौँ, संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो ।’

प्रतिनिधिसभा पुनर्स्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै महतोले सम्मानित अदालतबाट समस्याको निकास निस्किनेमा विश्वास व्यक्त गरे ।

उनले अदालतबाट आउने फैसला आफूहरुलाई मान्य हुने बताउँदै लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने समेत बताएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : २५ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न