ओलीको ‘प्रतिगमन’ परास्त गर्ने लडाइँमा छौं : नेता महतो « Khabarhub

ओलीको ‘प्रतिगमन’ परास्त गर्ने लडाइँमा छौं : नेता महतो


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिगमन’को बाटो अपनाएको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीले लोकतन्त्र र संघीयतामाथि नै प्रहार गरेका कारण यसको रक्षा गर्न आफूहरु सडक आन्दोलनमा उत्रिएका बताए ।

उनले भने , ‘ओलीको प्रतिगमन परास्त गर्ने लडाइँमा छौँ, संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो ।’

प्रतिनिधिसभा पुनर्स्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै महतोले सम्मानित अदालतबाट समस्याको निकास निस्किनेमा विश्वास व्यक्त गरे ।

उनले अदालतबाट आउने फैसला आफूहरुलाई मान्य हुने बताउँदै लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने समेत बताएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : २५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको