चीन र जापानबीच ओगासावरा टापुमा टकरावको संकेत « Khabarhub

चीन र जापानबीच ओगासावरा टापुमा टकरावको संकेत


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीन र जापानबीच ओगासावरा टापु क्षेत्रमा टकराव बढ्ने देखिएको छ ।

जापानले दाबी गरेको टापुमा चीनले आफ्ना जलसैन्य तथा अनुसन्धान जहाजहरू पठाएपछि जापानले पनि ओकिनोटरिशिमा नजिकै आफ्नो जल सेनाको गस्ती बढाएको छ ।

जापानले पहिलो पटक टोकियोको एक हजार किलोमिटर दक्षिणमा रहेको ओगासावरा टापुमा आफ्ना सीमारक्षक जलसैन्यलाई युद्धपोतसहित गस्तीका लागि तैनाथ गर्न लागेको हो ।

जापानले आफ्नो गस्तीले आफ्नो जलक्षेत्रमा अवैध माछा मार्ने कामलाई निरुत्साहित गर्ने तथा विदेशी जहाजहरूबाट आफ्नो क्षेत्रमा गरिएको निगरानी तथा अनुसन्धानको तत्काल जवाफ फर्काउन सक्षम बनाउँने बताएको छ।

विश्लेषकहरुका अनुसार चीनले ओकिनोटरिशिमा वरपरको गहिरो समुद्री जलक्षेत्रमा गरिरहेको अनुसन्धानको जवाफमा यस्तो निर्णय लिएको हो।

जापानी जलसैन्य सीमारक्षकले  आउँदो महिनाहरूमा १ सय ८० टनको गस्ती जहाज मिकाजुकीलाई समेत ओगासावरा टापुहरूमा तैनाथ गर्न लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : १५ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले