बलिउड कलाकारलाई अनौठा आरोप « Khabarhub

बलिउड कलाकारलाई अनौठा आरोप


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका कलाकारको व्यक्तिगत जीवन विवादविहिन छैन । कोही फ्यान त कोही अपरिचित व्यक्तिले यी कलाकारहरुलाई छोराछोरीदेखि आमासम्मको दाबी गर्दै मुद्धासमेत हालेका छन् ।

सन् २०२० मा प्रख्यात गायिका अनुराधा पौड्वाललाई एक ४५ वर्षीया महिलाले ‘आफू अनुराधाको छोरी हुँ’ भन्दै अदालतमा मुद्धा नै दर्ता गराइन् । सन् १९७४ मा तिरुअनन्तपुरममा जन्मिएकी करमाला मोडेक्सले केरलको जिल्ला अदालतमा अनुराधाविरुद्ध उजुरी गर्दै ५० करोड रुपैंयाँ जरिवानाको माग नै गरिन् ।

अनुराधाले आफूलाई जन्मिएको चार दिनपछि कोही अन्यलाई बुझाएको कुरा पिताले बताएको दाबी गरेकी थिइन् । तर अनुराधाले भने आफूमाथि लागेको यस्तो आरोपले कुनै अर्थ नलाग्ने बताएकी थिइन् ।

आन्ध्र प्रदेशमा बस्ने संगीत कुमार नाम गरेका एक व्यक्तिले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई आफ्नो ‘आमा’ भनी दाबी गरे । बलिउडमा आउनु अघि ऐश्वर्याले आईवीएफका माध्यमबाट सन् १९८८ मा आफूलाई जन्म दिएको संगीतको दाबी थियो ।
ऐश्वर्यामाथि लागेको सबै आरोप झुठो साबित भएपछि प्रहरीले संगीतलाई पक्राउ गरेको थियो ।

अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह निश्चित भएपछि जान्हवी कपूर नामकी एक मोडलले अभिषेक आफ्नो पति रहेको भन्दै अभिषेकको घर अगाडि गएर हातको नशा नै काटिन् । उनले अभिषेकको विवाह ऐश्वर्यासँग भएको आफूले हेर्न नसक्ने अडान लिएपछि प्रहरीले ती युवतीलाई ‘पागलपन’ भन्दै तुरुन्त पक्राउ गरेको थियो ।

अभिनेता राजकुमारकी छोरी वास्तविकता पण्डित अभिनेता शाहिद कपुरप्रति हुरुक्कै थिइन् । वास्तविकताले आफू शाहिदको पत्नी भएको दाबी नै गरिन् । शाहिद जहाँ–जहाँ जान्थे, वास्तविकता त्यही पुग्थिइन् । अन्तिममा केही उपाय नलागेपछि शाहिदले वास्तविकताविरुद्ध उजुरी नै दिनुपर्यो ।

दक्षिण भारतीय स्टार रजनीकान्तका ज्वाइँ धनुषलाई एक दम्पत्तिले आफ्नो छोरा दाबी गरे । धनुषले आफूहरुलाई छोडेर गएको उनीहरुको भनाई थियो । प्रहरीमा उजुरी दिएपछि उनीहरुले हरेक महिना ६५ हजार जरिवाना नै मागे । यो दाबीलाई सत्य साबित गर्नका लागि धनुषको मेडिकल टेस्ट पनि गराइएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : २५ बजे

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग