भारतको महाराष्ट्रमा राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक | Khabarhub Khabarhub

भारतको महाराष्ट्रमा राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको महाराष्ट्रमा कोरोना भाइरस महामारीका कारण आज (सोमबार) देखि सबै किसिमका राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम आयोजनामा रोक लगाइएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै महाराष्ट्रमा भेला हुन तथा कार्यक्रम आयोजनामा रोक लगाइएको हो ।

मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजनमार्फत सम्बोधन गर्दै आगामी केही दिनसम्म राजनीतिक आन्दोलनको लागि समेत अनुमति नदिइने बताए ।

आन्दोलनका कार्यक्रममा मानिसहरुको भीड हुने भएकाले त्यस्ता कार्यक्रमका लागि पनि अनुमति प्रदान नगरिने उनको भनाइ थियो ।

महाराष्ट्रमा कोरोना महामारी फैलन क्रम तीव्र गतिमा भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री ठाकरेले अबको १५ दिनभित्र थप स्पष्ट हुन सकिने बताए ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय औसत तुलनामा महाराष्ट्र, आन्ध्र प्रदेश, गोवा र चन्डिगढमा कोरोना संक्रमणको दर बढी रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ०५ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान