भारतको महाराष्ट्रमा राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक « Khabarhub

भारतको महाराष्ट्रमा राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको महाराष्ट्रमा कोरोना भाइरस महामारीका कारण आज (सोमबार) देखि सबै किसिमका राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम आयोजनामा रोक लगाइएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै महाराष्ट्रमा भेला हुन तथा कार्यक्रम आयोजनामा रोक लगाइएको हो ।

मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजनमार्फत सम्बोधन गर्दै आगामी केही दिनसम्म राजनीतिक आन्दोलनको लागि समेत अनुमति नदिइने बताए ।

आन्दोलनका कार्यक्रममा मानिसहरुको भीड हुने भएकाले त्यस्ता कार्यक्रमका लागि पनि अनुमति प्रदान नगरिने उनको भनाइ थियो ।

महाराष्ट्रमा कोरोना महामारी फैलन क्रम तीव्र गतिमा भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री ठाकरेले अबको १५ दिनभित्र थप स्पष्ट हुन सकिने बताए ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय औसत तुलनामा महाराष्ट्र, आन्ध्र प्रदेश, गोवा र चन्डिगढमा कोरोना संक्रमणको दर बढी रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ०५ बजे

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा