अब मेडिकल काउन्सिलका सबै परीक्षा कम्प्युटरबाट « Khabarhub

अब मेडिकल काउन्सिलका सबै परीक्षा कम्प्युटरबाट


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिने सबै परीक्षा कम्युटर प्रणालीमार्फत सुरू गरेको छ । काउन्सिलले लिने दर्ता–प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) लाई पनि कम्प्युटरमा आधारित बनाएको हो ।

काउन्सिलले ललितपुरको पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसमा लिइरहेको डाक्टरको परीक्षा कम्प्युटर प्रणालीमार्फत् लिएको छ । काउन्सिलले यसअघि गत मंसिरमा सञ्चालन गरेको विशेष परीक्षा पनि यसै गरी लिएको थियो ।

मंसिरको परीक्षा प्रभावकारी भएपछि काउन्सिलले पहिलो पटक ‘पेपरलेस’ परीक्षा सञ्चालन गरेको छ। कागजी प्रणालीलाई पूरै प्रतिस्थापन गरी डाक्टरको परीक्षा सम्पूर्ण रुपमा कम्प्युटर प्रणालीमार्फत् लिइएको हो।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले कम्प्युटर प्रणालीमार्फत् परीक्षा लिँदा धेरै फाइदा भएको बताए ।

‘हामीले खासै नयाँ काम त गरेका होइनौँ, यस्तो सबैले गरेका छन्, तर हामीले गरेको कामले धेरैलाई सहज बनाएको छ। पहिला ‘पेपर’ बाट परीक्षा लिँदाभन्दा अहिले मेडिकल काउन्सिल, परीक्षार्थी र परीक्षक सबैलाई सजिलो भएको मेडिकल काउन्सिलको मूल्याङ्कन छ ।’ डाक्टर कोइरालाले भने, ‘पहिले समय पनि बढी खर्च हुन्थ्यो। जाँच्न पनि उत्तिकै समय लाग्थ्यो । अहिले डिजिटलाइज भएपछि त्यो समस्या हल भएको छ। परीक्षा दिनेलाई पनि सहज भएको छ।’

आइतबारदेखि सुरू भएको मेडिकल काउन्सिलको परीक्षामा १ हजार ३ सय ८५ जना एमबीबीएस र बिडीएस गरेका चिकित्सकले फारम भरेका छन्।

नेपाल मेडिकल काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले परीक्षामा कुनै पनि चलखेल हुन नदिन चेकजाँचलाई बलियो बनाएको जानकारी दिइन् ।

‘परीक्षा सञ्चालन गर्दा कोरोना प्रकोपलाई ध्यान दिएका छौँ। हामीले स्वास्थ्य सुरक्षालाई ख्याल गरेका छौँ।’ लामाले भनिन्, ‘डाक्टरको लाइसेन्स परीक्षा सामान्य हैन, हामीले यसलाई मर्यादित बनाउन गम्भीर भएर जाँच लिने गरेको छौँ ।’

एमबीबीएस तथा बिडीएस गरेका डाक्टरले काउन्सिलबाट अनुमति–पत्र नलिएसम्म बिरामी जाँच्न गर्न पाउँदैनन् । बिमारी जाँच गर्न तथा स्वास्थ्य संस्थामा काम गर्न काउन्सिलको अनुमति पत्र अनिवार्य छ।

सरकारले सबै क्षेत्र र निकायलाई डिजिटल प्रणालीमा चल्न निर्देशन दिएको छ। त्यही निर्देशन पालना गर्ने सिलसिलामा मेडिकल काउन्सिलले आफूलाई डिजिटलाइज गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : १३ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ