सोनूलाई भेट्न दुई हजार किलोमिटर साइकल यात्रा « Khabarhub

सोनूलाई भेट्न दुई हजार किलोमिटर साइकल यात्रा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अभिनेता सोनू सूदले कोरोना लकडाउनमा सहरमा फँसेका व्यक्तिहरुलाई उनीहरुको घरसम्म पुर्‍याउने जिम्मेवारी बहन गरे । सोनू र उनको टिमले अत्यावश्यक सहयोग गर्नुपर्ने व्यक्तिलाई अहिले पनि सहयोगको काम गरिरहेको छ ।

यहीकारण सोनूको फ्यान फलोइङ ह्वात्तै बढेको छ । तर यहाँ सोनू सूदका एक यस्ता फ्यानको कुरा गरिँदैछ, जसले सोनूलाई भेट्नका लागि दुई हजार किलोमिटर साइकल यात्रा गरेका छन् ।

नारायण व्यास नामका ती फ्यानले सोनूले गरेका सामाजिक कामको समर्थनमा महाराष्ट्रको वाशिमबाट देशको दक्षिणमा रहेको रामसेतुसम्म साइकलबाटै यात्रा गरेका हुन् । उनले ७ दिनमा करिब दुई हजार किलोमिटरको यात्रा पुरा गरेका छन् ।

सोनूले आइतबार मुम्बईमा नारायणलाई भेटेर उनको हौसला बढाए । बीएसम्मको अध्ययन गरेका नारायण वाशिमको एक कलेजमा कार्यालय सहायकका रुपमा कार्यरत छन् ।

नारायण गत फेब्रुअरी ७ मा वाशिमबाट साइकल यात्रामा निस्किएका थिए । रामसेतुसम्म आइपुग्दा उनले ५ वटा राज्यको यात्रा गरेका थिए । विभिन्न स्थानमा उनको स्वागत नै गरिएको थियो ।

उनले यात्राको समयमा एक ब्याकअप कार पनि सँगै ल्याएका थिए । जहाँ उनले खाना र नास्ताको सामान राखेका थिए । उक्त कारमा नारायणका दुई साथी राजू होलपडे र सौरभ व्यास यात्रारत थिए । कारको अग्रभागमा ठूलो अक्षरमा ‘टु थाउजन केएम राइड फर रियल हिरो सोनू सूद’ लेखिएको थियो ।

यात्रामा नारायण विहान ५ बजेबाट साइकल चलाउन शुरु गरेर राती १० बजे समापन गर्थे । यो क्रममा उनले हरेक दिन २ सय २० देखि २ सय ५० किलोमिटरसम्मको यात्रा गरेका थिए ।

–एजेन्सीको  सहयाेगमा

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  २ : १२ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय