सोनूलाई भेट्न दुई हजार किलोमिटर साइकल यात्रा « Khabarhub

सोनूलाई भेट्न दुई हजार किलोमिटर साइकल यात्रा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अभिनेता सोनू सूदले कोरोना लकडाउनमा सहरमा फँसेका व्यक्तिहरुलाई उनीहरुको घरसम्म पुर्‍याउने जिम्मेवारी बहन गरे । सोनू र उनको टिमले अत्यावश्यक सहयोग गर्नुपर्ने व्यक्तिलाई अहिले पनि सहयोगको काम गरिरहेको छ ।

यहीकारण सोनूको फ्यान फलोइङ ह्वात्तै बढेको छ । तर यहाँ सोनू सूदका एक यस्ता फ्यानको कुरा गरिँदैछ, जसले सोनूलाई भेट्नका लागि दुई हजार किलोमिटर साइकल यात्रा गरेका छन् ।

नारायण व्यास नामका ती फ्यानले सोनूले गरेका सामाजिक कामको समर्थनमा महाराष्ट्रको वाशिमबाट देशको दक्षिणमा रहेको रामसेतुसम्म साइकलबाटै यात्रा गरेका हुन् । उनले ७ दिनमा करिब दुई हजार किलोमिटरको यात्रा पुरा गरेका छन् ।

सोनूले आइतबार मुम्बईमा नारायणलाई भेटेर उनको हौसला बढाए । बीएसम्मको अध्ययन गरेका नारायण वाशिमको एक कलेजमा कार्यालय सहायकका रुपमा कार्यरत छन् ।

नारायण गत फेब्रुअरी ७ मा वाशिमबाट साइकल यात्रामा निस्किएका थिए । रामसेतुसम्म आइपुग्दा उनले ५ वटा राज्यको यात्रा गरेका थिए । विभिन्न स्थानमा उनको स्वागत नै गरिएको थियो ।

उनले यात्राको समयमा एक ब्याकअप कार पनि सँगै ल्याएका थिए । जहाँ उनले खाना र नास्ताको सामान राखेका थिए । उक्त कारमा नारायणका दुई साथी राजू होलपडे र सौरभ व्यास यात्रारत थिए । कारको अग्रभागमा ठूलो अक्षरमा ‘टु थाउजन केएम राइड फर रियल हिरो सोनू सूद’ लेखिएको थियो ।

यात्रामा नारायण विहान ५ बजेबाट साइकल चलाउन शुरु गरेर राती १० बजे समापन गर्थे । यो क्रममा उनले हरेक दिन २ सय २० देखि २ सय ५० किलोमिटरसम्मको यात्रा गरेका थिए ।

–एजेन्सीको  सहयाेगमा

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  २ : १२ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई