रवी तेजाको पारिश्रमिक १६ करोड « Khabarhub

रवी तेजाको पारिश्रमिक १६ करोड


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तेलुगू फिल्म ‘क्र्याक’को सफलता पछि तेलुगू स्टार रवी तेजाले आफ्नो पारिश्रमिक बढाएका छन् । एक्सन इन्टरटेनर यो फिल्मको सफलता पछि रवीले पारिश्रमिक १६ करोड पुर्‍याएका हुन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार फिल्म ‘क्र्याक’ले विश्वव्यापी रुपमा ६० करोड बढीको व्यापार गरेको थियो । यो फिल्मको ओभरसिज राइट २० करोडमा बिक्री भएको थियो । रवीको अभिनय करियरमा सर्वाधिक हिट फिल्ममा ‘क्र्याक’ पनि परेको छ ।

हालैमात्र निर्माता नाकिना त्रिनाधा राओले रवीसँग सहकार्य गरी ‘आरटी ६८’को घोषणा गर्ने तयारी गरिरहेका थिए । तर पारिश्रमिकमा रवी सहमत हुन नसकेपछि फिल्मको घोषणा हुन सकेको थिएन् ।

रवीले नयाँ फिल्मका लागि १६ करोड पारिश्रमिक मागेपछि निर्माताहरु हच्किएका थिए । तर ‘क्र्याक’को सफलता देखेपछि निर्माताहरु रवीलाई १६ करोड पारिश्रमिक दिन राजी भएका छन् । फिल्म ‘आरटी ६८’ रवीको करियरको ६८ औं फिल्म हो ।

फिल्ममा रवीले वकिलको भूमिकामा अभिनय गर्नेछन् । हाल रवी रमेश बर्माको फिल्म ‘खेलाडी’मा व्यस्त छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ५१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,