२४ घण्टामा १२५ कोरोना संक्रमित थपिए, ९० डिस्चार्ज « Khabarhub

२४ घण्टामा १२५ कोरोना संक्रमित थपिए, ९० डिस्चार्ज


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा सोमबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । त्यस्तै थप ९० संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा २ लााख ६९ हजार ९६६ जना  कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा सोमबार कोरोनाका कारण कसैपनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा हाल १५ सय २९ जना आइशोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ३४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने