बाँके भन्सारमा चेकजाँचका क्रममा १० लाख भारतीय रुपैयाँसहित एक पक्राउ « Khabarhub

बाँके भन्सारमा चेकजाँचका क्रममा १० लाख भारतीय रुपैयाँसहित एक पक्राउ


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगंज उपमहानगरपालिका–१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका खान उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा