सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूतबीच भेटवार्ता « Khabarhub

सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूतबीच भेटवार्ता


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा मन्त्री गुरुङ र राजदूत गोडरबीच भेटवार्ता भएको हो ।  भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा केन्द्रीत रहेर छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री गुरुङले इजरायलले सेटलाईट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएका थिए । उनले नेपालले सूचना प्रविधिको क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा मित्र राष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप, अनुभव उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

राजदूत गोडरले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि इजरायलको सेटलाइट प्रविधि सहज हुने उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारलाई सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : २० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण