किसानलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्छ : मन्त्री अर्याल « Khabarhub

किसानलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्छ : मन्त्री अर्याल


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छिन् ।

गल्याङ नगरपालिका–१ सार्वजानिक माविमा प्राविधिक शिक्षालयको साझेदारीमा आज व्यावसायिक उत्पादनको शुभारम्भ गर्दै उनले काम गरेर खाने वर्गलाई हेलाहोचो गर्ने विगतको संस्कारमा परिर्वतन हुँदै आएको बताइन् ।

“अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै आएको छ”, मन्त्री अर्यालले भनिन्, “कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ ।”

उनले कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन् ।

कृषकलाई व्यावसायिक करतर्फ आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रम ल्याउने बताउँदै मन्त्री अर्यालले भनिन्, “कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ ।”

मन्त्री अर्यालले माटो र हावापानी सुहाउँदो कृषि प्रणालीलाई अवलम्बन गर्नुपर्ने भन्दै कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ति गर्ने बताइन् । नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै उनले स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिबद्धता व्यक्त गरिन् ।

‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाइ छ । मन्त्री अर्यालले स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भइरहेको भन्दै अन्य फलफूल तथा तरकारीको जोन बनाइने बताइन् ।

सो अवसरमा उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मावि मालुङ्गालाई रु १० लाखको चेक हस्तान्तरण गरिन् । मन्त्री अर्यालले छात्राहरुका लागि स्यानिटरी प्याड बनाउने मेशिन र खानेपानीका लागि युरोगार्डसमेत सो विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : ४८ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण