केही नेताको ‘सत्ता मोह’ले पार्टी खण्डहरको अवस्थामा पुग्यो : परराष्ट्रमन्त्री « Khabarhub

केही नेताको ‘सत्ता मोह’ले पार्टी खण्डहरको अवस्थामा पुग्यो : परराष्ट्रमन्त्री


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता र पदको महत्वकाङ्क्षाका कारण लोभलाग्दो पार्टी एउटा खण्डहरजस्तो बनेको बताएका छन् ।

नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पार्टीलाई गुटहरुको संयुक्त मोर्चाभन्दा माथि उठाउन नसकेका कारण नेकपा धमिराले खाएको खाग जस्तै हुने अवस्थामा पुगेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले केही नेताहरुको घेराबन्दीका कारण मुलुकको राष्ट्रिय राजनीति बलियो बन्न नदिएको तर्क गरे । उनले यस्तो प्रकारको घेराबन्दीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा हासिल गरेका केही मूल्यहरुलाई समाप्त पार्न खोजेको बताए ।

“मुलुकले थालेका समृद्धिका अभियानहरुलाई निरन्तर अगाडि बढाउने कि ? फेरि मुलुकलाई आन्दोलनका नाममा अन्तहीन एउटा अस्थिरतामा लैजाने ? स्थिरता कि, अस्थिरता ?”, मन्त्री ज्ञवालीले प्रश्न गरे ।

उनले वर्तमान अवस्थामा मुलुकले खोजेको संसद्को स्थिरता नभई सरकार र नीतिको स्थिरता भएको बताए । सरकार स्थिर भएमा नीति स्थिर हुने, नीति स्थिर भएमा निर्णयहरु स्थिर हुने र निर्णय स्थिर भएमा मुलुकको विकासले एउटा गति लिने उनको भनाइ थियो ।

विद्यमान कानून नियम, संसारका प्रचलन र अभ्यासबाट मुलुक अब ताजा जनादेशमा जान थालेको भन्दै मन्त्री ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब सूर्य चिह्नसहित चुनावमा होमिने कार्यकर्तामाझ स्पष्ट पारे ।

उनले पार्टीभित्रको विचौलिया राजनीति र घेराबन्दीलाई तोड्दै कार्यकर्तालाई चुनावी तयारीमा लाग्नसमेत निर्देशन दिए । मन्त्री ज्ञवालीले वर्तमान सरकार संविधानभन्दा बाहिर रहेका असन्तुष्ट पक्षहरुलाई समेटेर राष्ट्रिय राजनीतिलाई एउटा नयाँ गति दिन चाहेको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ०४ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण