गल्ती स्वीकार्दै ‘दाहाल-नेपाल’ समूह सच्चिएर आए क्षमा दिन्छौँ : मुख्यमन्त्री पोखरेल « Khabarhub

गल्ती स्वीकार्दै ‘दाहाल-नेपाल’ समूह सच्चिएर आए क्षमा दिन्छौँ : मुख्यमन्त्री पोखरेल


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती स्वीकार्दै सच्चिएर आए क्षमा दिने बताएका छन् ।

नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले गल्ती गर्नेलाई क्षमा दिने बताउँदै अहिले ‘प्रचण्ड’ र नेपालले गल्ती गरेको भन्दै उनीहरु सच्चिएर आए क्षमा दिने बताएका हुन् ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन दाहाल-नेपाल समूहले विभिन्न षड्यन्त्र रचेको समेत आरोप लगाए ।

उनीहरुकै कारण नेकपा अहिलेको स्थितिमा पुगेको बताउँदै आगामी चुनावको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : १५ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६