विदेशी पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग « Khabarhub

विदेशी पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका छन् ।

पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायीको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन व्यवसायलाई विभिन्न १० बुँदे मागसहित ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीको मागमा ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन आग्रह गरिएको छ ।

अनलाइन र अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट प्रवेशाज्ञाको व्यवस्था पूर्ववत्रुपले गराउन व्यवसायीले अनुरोध गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड परीक्षण मेशिन राख्ने अथवा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न माग गरिएको छ ।
कोरोनाविरुद्धको खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरु तत्काल खोल्नुपर्ने, नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमणको व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै नेपाल–भारत र नेपाल–चीन सीमानाहरुबाट भित्रिने पर्यटकलाई सवारीसाधनसहित निर्बाधरुपमा आउन पाउने व्यवस्था मिलाउन माग गरिएको छ । कम्तीमा पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बीमा हटाएर कोरोनाविरुद्धको खोप पूरा मात्रा लगाई आएका पर्यटकलाई सहजरुपमा घुम्न दिनुपर्ने व्यवसायीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटेल एसोसिएशन अफ नेपाल (हान), नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), हिमालय उद्धार सङ्घलगायत संस्थाहरु छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै