निर्वाचनमा जुट्न उपप्रधानमन्त्री पोख्रेलको निर्देशन | Khabarhub Khabarhub

निर्वाचनमा जुट्न उपप्रधानमन्त्री पोख्रेलको निर्देशन


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आज आयोजना गरेको शपथग्रहण कार्यक्रममा उनले तोकिएको समयमा निर्वाचन हुने स्पष्ट पारे ।

नेता पोखरेलले निर्वाचन आयोग तयारीमा लागेको भन्दै उनले सबै कार्यकर्तालाई पुराना अन्तरविरोध त्यागेर निर्वाचनमा जुट्न आग्रह गरे । उनले भने, “औपचारिकरुपमा विभाजनमा गएका साथीहरुलाई छाडेर सबै एक भएर निर्वाचनमा लाग्नुस्, निर्वाचन हुन्छ ।”

पार्टीभित्रबाट नै काम गर्ने वातावरण नबनाएपछि ताजा जनादेशमा जान लागिएको उनले बताए ।

पार्टीको आधिकारिकताको विषयमा चिन्ता नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ । पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हास्यास्पद हो ।”

पार्टीभित्रको आन्तरिक कलहका कारण देश यो अवस्थामा आएको बताउँदै उनले प्रधानमन्त्रीविरुद्ध अयोग्य भनेर अभियोग पत्र ल्याएपछि विग्रहको बाटोमा लागेका कारण समस्या निम्तिएको जनाए ।

राजनैतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र अराजकता अन्त्यका लागि पार्टी एकता गरिएको भन्दै उनले अहिले एकताको जस्तो आकर्षण हराएको बताए ।

तीन वर्षको समयमा पार्टीको क्रियाशीलता नभएको भन्दै उनले अबको पार्टीका कार्यकर्ताहरु जिम्मेवारी बन्ने समय आएको जिकिर गरे । सो अवसरमा ५९९ जनाको समिति घोषणा गर्दै शपथग्रहण गराइएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : १६ बजे

नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

सियोल– दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म

राज्यका हरेक संरचनामा दलितको जनसङ्ख्याको आधारमा सहभागिताको माग

काठमाडौं– विभिन्न राजनीति दलका नेताले राज्यका सबै संरचनामामा दलित समुदायको

‘माग्ने राजा’का निर्देशक र निर्मातासँग केदारको असन्तुष्टि, भन्छन्- ६१ लाख पारिश्रमिक प्रचारको फन्डा

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ले फिल्म ‘माग्ने राजा’मा आफूलाई

प्रहरीको वान्टेड सूचीमा रहेका जसपा नेता यादवले भने- भागेको छैन, छोराको उपचार गराउँदै छु

जनकपुरधाम– सर्लाही प्रहरीले वान्टेड सूचीमा राखेका जनता समाजवादी पार्टी (जसपा)