शिक्षकको कुटाइबाट बैजनाथ माविकी छात्रा नाथ घाइते « Khabarhub

शिक्षकको कुटाइबाट बैजनाथ माविकी छात्रा नाथ घाइते


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका–९ स्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापकको कुटाइबाट एक छात्रा घाइते भएकी छन्।

विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा नाथलाई प्रधानाअध्यापक खडक सिंह विष्टले कुटेपछि उनी घाइते भएकी हुन् ।

उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घाइते छात्रालाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ ।

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

छात्रामाथि कुटपिटको घटनालाई लिएर विद्यार्थी संगठनले प्रधानाध्यापकलाई कडा कारबाहीको माग गरेका छन्।

सोमबार अनेरास्ववियु र अखिल क्रान्तीकारी कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै कुटपिट गर्ने प्रधानाध्यापकमाथि कानूनी कारबाहीको माग गरेको छन् ।

प्रधानाध्यापक विष्टलाई तत्काल कारबाही नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : ३९ बजे

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको