मोबाइल वर्ल्ड कंग्रेस शंघाई २०२१ म आफ्ना प्राविधिक सफलता र साझेदारीहरु प्रदर्शित गर्दै ओपो « Khabarhub

मोबाइल वर्ल्ड कंग्रेस शंघाई २०२१ म आफ्ना प्राविधिक सफलता र साझेदारीहरु प्रदर्शित गर्दै ओपो


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले मोबाइल वर्ल्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्बतनहरुका बारेमा केही संकेत प्रस्तुत गरेको छ ।

फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरुका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परिक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविस्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र ईन्टरनेट अफथिङ्स (आईओटी) हरु प्रदर्शित गर्नेछ ।

सबैका लागि ‘फास्टर चार्जिङ’
ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन मार्फत ओपोले नयाँ ताररहित चार्जिङ प्रविधिहरु प्रदर्शित गर्नुका साथै भोक फ्ल्याश चार्जिङ अन्तर्गत नयाँ विकासहरु ओपोले प्रदर्शित गर्नेछ । तर, ती मध्य पनि सबैभन्दा रोचक दैनिकीमा उपयोग हुने हरेक किसिमका उपकरणलाई तिब्र गतिमा चार्ज गर्न सघाउने विश्वब्यापी पहलको प्रदर्शनी हुनेछ ।

सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्याश चार्जिङ क्षेत्रको अगुवाई गरिरहेको छ । एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि ईकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिले भन्दा ब्यापक रुपमा अझ बढी ब्यक्तिहरु मझ पुग्न सघाउँछ ।

फाइभजीका सम्भावनाहरु

सन् २०२० का असंख्य परिक्षणहरु पश्चात यस पटक चाइना यूनिकम बुथमा आगन्तुकहरुले ओपोको ५ जी एमएम(स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पाउने छन् । ५ जी एमएम(वेभले ५जी एप्लिकेशन्सका नयाँ पिढीका लागि जग बसाल्ने छ । ओपोको ५ जी सीपीईमा उपलब्ध गरिएको यो प्रविधि पनि एमडब्ल्यूसीएसमा प्रदर्शित गरिनेछ ।

ओपोको ५जी सीपीईले ५जी सिग्नललाई स्थिर र अतितिब्र वाई–फाई कनेक्शनमा परिणत गर्छ ।

एरिक्शन जस्ता उद्योगकै अग्रणी पार्टनर्ससंग सहकार्य गर्दै दूई नयाँ प्रप्राइटरी एन्टेना सोल्यूशन्सको विकास पश्चात ५जी सीपीईले भविष्यका घरका लागि उच्च गतिको कनेक्टिभिटीलाई वास्तविकतामा परिनत गरेको छ । ओपो बुथमा पाल्नुहुने आगन्तुकले यस्तै अनेकन प्रविधिहरु अवलोकन गर्न पाउने जानकारी दिइएको छ ।

ओपोका ग्लोबल मार्केटिङका अध्यक्ष विलियम ल्यूले भने , ‘ओपोका लागि आकाशनै सिमा हो । मोबाइल वर्ल्ड कंग्रेस २०२१ शंघाईमा हामी नयाँ पुस्ताका चार्जिङ प्रविधिका साथै स्मार्टफोनबाट मल्टि ईन्डष्ट्रि सेक्टरमा ओपोको अग्रगामी कदमका बारेमा समेत जानकारी दिनेछौँ ।’

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ४१ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने