अमेरिकी रक्षामन्त्रीद्वारा अफगानिस्तान भ्रमण « Khabarhub

अमेरिकी रक्षामन्त्रीद्वारा अफगानिस्तान भ्रमण


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल(एएफपी)- अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गरेका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको यस भ्रमणलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरेको छ ।

अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे १ मा सम्पूर्ण अमेरिकी सेनालाई फिर्ता गर्ने उल्लेख भएको थियो ।

यसको तयारीस्वरूप रक्षामन्त्रीले अफगानिस्तानमा उच्च पदस्थ अधिकारीलगायत व्यक्तिहरूलाई भेटेको पेन्टागन श्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले यस पहिलेको सरकारले तय गरेको सेना फिर्ता गर्ने मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठीन हुने बताइरहेका समय एशिया भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्रीले अफगानी राष्ट्रपतिसँग भेट गरी वार्ता गरेको बताइएको छ ।

अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एक अफगानी अधिकारीले बताए ।

रक्षामन्त्री अस्टिनले यस पहिले यसै साता जापान, भारतलगायतका एशियाली मुलुकहरूको भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ५५ बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको