आजको मौसम : अपराह्नपछि कहाँ कहाँ हुँदैछ वर्षा ?   « Khabarhub

आजको मौसम : अपराह्नपछि कहाँ कहाँ हुँदैछ वर्षा ?  


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ ।

आज अपराह्नपछि गण्डकी प्रदेश,कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ०९ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १० गते (मंगलबार)

दिउँसो : : सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ  । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकि भू-भागमा पनि आंशिक बदलि रहने छ ।  गण्डकी प्रदेश र  सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ११ गते (बुधबार)

दिउँसो : : सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा पनि आंशिक बदली रहनेछ ।  गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र  सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : ५० बजे

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग