‘कहो ना प्यार है’ लेखक सागरको निधन « Khabarhub

‘कहो ना प्यार है’ लेखक सागरको निधन


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका प्रख्यात लेखक तथा निर्देशक सागर सरहदीको सोमबार बिहान मुम्बईमा निधन भएको छ । उनी ८८ वर्षका थिए ।

उनी मुटुमा समस्या देखिएपछि मुम्बईको एक अस्पतालको आइसियू वार्डमा भर्ना भएका थिए । उनलाई यसअघि सन् २०१८ को फेब्रुअरीमा हृदयघात भएपछि यही अस्पतालमा भर्ना गरिएको थियो ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार सागरले ‘नूरी’, ‘बाजार’, ‘कभी कभी’, ‘सिलसिला’, ‘चांदनी’, ‘दीवाना’ र ‘कहो ना प्यार है’ जस्ता हिट फिल्मका स्क्रिप्ट लेखेका थिए ।

उनको वास्तविक नाम गंगा सागर तलवार थियो । उनको जन्म वर्तमान पाकिस्तानको एबाटाबादमा सन् १९३३ मा भएको थियो ।
समयसँगसँगै सागरको ध्यान थिएटरतिर जान थाल्यो र उनी इप्तासँग जोडिए ।

सागरले नै रंगमञ्चको दुनियाँमा फारुख शेख र शबाना आजमी जस्ता कलाकारलाई मौका दिएका थिए । उनले स्मिता पाटिल, फारुख शेख र नसीरुद्दीन शाहको प्रमुख भूमिका रहेको फिल्म ‘बाजार’को निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : ४० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका