भक्तपुरको सिर्जनानगरमा सिलिन्डर पड्केर आगो लाग्यो, ६ जना घाइते « Khabarhub

भक्तपुरको सिर्जनानगरमा सिलिन्डर पड्केर आगो लाग्यो, ६ जना घाइते


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सिर्जनानगरमा सिलिन्डर पड्केर आगो लाग्दा ६ जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक घरमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको हो । आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर पड्किएको प्रहरीले जनाएको छ ।

सिलिन्डर पड्किएर आगलागी हुँदा होटल सञ्चालक दोलखाको शैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, उनका आफन्त शैलुङ–१ घरभई कोटेश्वर बस्ने राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् ।

त्यस्तै सेवाग्राहीहरू भक्तपुर, सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : २७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी