लागुऔषधको नयाँ रुप ‘एमफेटामाईन’ भित्रियो « Khabarhub

लागुऔषधको नयाँ रुप ‘एमफेटामाईन’ भित्रियो

एकसातामा १० जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पछिल्लो सातामात्र झापाका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

तीन दिन अघि एकै दिन ब्राउन सुगर सहित ६ जना पक्राउ परेका थिए । आईतबार ४ जना पक्राउ परेका हुन् । पछिल्लो पटक पक्राउ पर्नेहरुबाट झापामा नौलो मानिएको लागुऔषध एमफेटामाईन पनि बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार यसलाई प्रयोगकर्ताहरुले ‘आईस ड्रग्स’ समेत भन्ने गरेका छन् । मुल्य समेत ब्राउन सुगर सरहनै उच्च रहेको उनको भनाई छ ।

भद्रपुर ३ बाट एमफेटामाईन ६० ग्राम र ब्राउनसुगर ८० ग्रामसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनकवल ६ का पञ्चानन्द राजवंशी, वडा नं. ७ का हेमनारायण राजवंशी, मोरङ् उर्लाबारी ६ का विष्णु पोद्धार र उर्लाबारी ५ का राजकुमार श्रेष्ठ छन् ।

ब्राउन सुगर पछि नयाँ रुपको लागुऔषधका रुपमा एमफेटामाईन भित्रिन थालेको प्रहरीको अनुमान छ ।

यस्तै झापाकै बुद्धशान्ति ३ बाट पनि ५ ग्राम ब्राउन सुगरसहित सोहि ठाउँका सुवाश लिम्बू पक्राउ परेका छन् ।

एकै दिन ६ पक्राउ
तीन दिन अघि झापाबाट ब्राउन सुगरसहित नै एकै दिन ६ जना पक्राउ परेका थिए । अर्जुनधारा ११ विर्तामोड बसपार्कबाट झापा भद्रपुर ९ गरामनीका १९ वर्षीय पवन भनिने साईल खानलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनको साथबाट ५ ग्राम लागुऔषध बरामद भएको छ । यस्तै पूर्वी सिमाक्षेत्र मेचीनगर १३ चारआलीबाट एकसाथ तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १५ का ३० वर्षीय कुमोलाल राजवंशी, सोहि ठाउँका २४ वर्षीय सञ्जय मुखीया र भद्रपुर १० का १९ वर्षीय श्रवण मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट २९ ग्राम ब्राउनसुगर फेला परेको छ ।

यस्तै भद्रपुर ४ डाँगीबारीबाट विर्तामोड ८ का १९ वर्षीय सरोज सुनुवार र सोहि ठाउँका १९ वर्षीय अभिषेक राजवंशी पनि ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनीबाट २ ग्राम ४३ मिलिग्राम ब्राउन सुगर पनि भेटिएको छ । प्रक्राउ परेका सवै माथि अदालतबाट म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : ०९ बजे

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको