लागुऔषधको नयाँ रुप ‘एमफेटामाईन’ भित्रियो « Khabarhub

लागुऔषधको नयाँ रुप ‘एमफेटामाईन’ भित्रियो

एकसातामा १० जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पछिल्लो सातामात्र झापाका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

तीन दिन अघि एकै दिन ब्राउन सुगर सहित ६ जना पक्राउ परेका थिए । आईतबार ४ जना पक्राउ परेका हुन् । पछिल्लो पटक पक्राउ पर्नेहरुबाट झापामा नौलो मानिएको लागुऔषध एमफेटामाईन पनि बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार यसलाई प्रयोगकर्ताहरुले ‘आईस ड्रग्स’ समेत भन्ने गरेका छन् । मुल्य समेत ब्राउन सुगर सरहनै उच्च रहेको उनको भनाई छ ।

भद्रपुर ३ बाट एमफेटामाईन ६० ग्राम र ब्राउनसुगर ८० ग्रामसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनकवल ६ का पञ्चानन्द राजवंशी, वडा नं. ७ का हेमनारायण राजवंशी, मोरङ् उर्लाबारी ६ का विष्णु पोद्धार र उर्लाबारी ५ का राजकुमार श्रेष्ठ छन् ।

ब्राउन सुगर पछि नयाँ रुपको लागुऔषधका रुपमा एमफेटामाईन भित्रिन थालेको प्रहरीको अनुमान छ ।

यस्तै झापाकै बुद्धशान्ति ३ बाट पनि ५ ग्राम ब्राउन सुगरसहित सोहि ठाउँका सुवाश लिम्बू पक्राउ परेका छन् ।

एकै दिन ६ पक्राउ
तीन दिन अघि झापाबाट ब्राउन सुगरसहित नै एकै दिन ६ जना पक्राउ परेका थिए । अर्जुनधारा ११ विर्तामोड बसपार्कबाट झापा भद्रपुर ९ गरामनीका १९ वर्षीय पवन भनिने साईल खानलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनको साथबाट ५ ग्राम लागुऔषध बरामद भएको छ । यस्तै पूर्वी सिमाक्षेत्र मेचीनगर १३ चारआलीबाट एकसाथ तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १५ का ३० वर्षीय कुमोलाल राजवंशी, सोहि ठाउँका २४ वर्षीय सञ्जय मुखीया र भद्रपुर १० का १९ वर्षीय श्रवण मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट २९ ग्राम ब्राउनसुगर फेला परेको छ ।

यस्तै भद्रपुर ४ डाँगीबारीबाट विर्तामोड ८ का १९ वर्षीय सरोज सुनुवार र सोहि ठाउँका १९ वर्षीय अभिषेक राजवंशी पनि ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनीबाट २ ग्राम ४३ मिलिग्राम ब्राउन सुगर पनि भेटिएको छ । प्रक्राउ परेका सवै माथि अदालतबाट म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : ०९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना