नक्कली नोटको कारोबार गर्ने चार जना पक्राउ « Khabarhub

नक्कली नोटको कारोबार गर्ने चार जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – संगठित रुपमा नक्कली नोटको कारोबार गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ बस्ने २९ वर्षीय देवेन्द्र राई, १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १३ बस्ने २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवार पक्राउ परेका हुन् ।

एक हजार रुपैयाँको ७८ थान नक्कली नोट, नक्कली नोट छाप्ने तीन थान प्रिन्टर, दुई थान ल्यापटप र एफोर साइजको पेपरसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानअनुसार संगठित रुपमा नक्कली नोटको कारोबार भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।

उनले भने, ‘संगठित अपराधअन्तर्गत चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

मुलुकी अपराधसंहित २०७४ अनुसार नक्कली नोट बनाउने वा त्यस्तो उद्योग गर्नेलाई ५ वर्षदेखि १० बर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यस्तो अपराध संगठित रूपमा भएको पुष्टि भएमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था छ ।

भरतपुर महानगरपालिका वडा नं १ नारायणगढ बसपार्क क्षेत्रमा केही व्यक्तिले नक्कली नेपाली नोट दिई सामान खरिद गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चैत ६ गते राति साढे ८ बजे दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले नेपाली एक हजार रुपैयाँको ७८ थान नोटसहित देवेन्द्र राई र पवन राईलाई पक्राउ गरेको हो ।

अनुसन्धानलाई अगाडि बढाउँदै लैजाँदा नक्कली नोटको कारोबारमा विश्वराम राई र राजाराम दनुवारको समेत संलग्नता भेटिएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ०४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन