फिल्ममा ‘छिछोरे’, अभिनेत्रीमा कंगना उत्कृष्ट « Khabarhub

फिल्ममा ‘छिछोरे’, अभिनेत्रीमा कंगना उत्कृष्ट


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतमा सोमबार ६७ औं ‘राष्ट्रिय फिल्म पुरस्कार’को घोषणा गरिएको छ । नयाँदिल्लीको नेसनल मिडिया सेन्टरबाट विजेताको घोषणा गरिएको हो ।

जसअनुसार दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘छिछोरे’ विधागत रुपमा ‘बेस्ट हिन्दी फिल्म’ बन्यो ।

नितेश तिवारी निर्देशित फिल्ममा सुशान्तका अलावा श्रद्धा कपुर, वरुण शर्मा, ताहिर राज भसीन प्रमुख भूमिकामा थिए ।

फिल्म ‘भोंसले’का लागि मनोज वाजपेयी र ‘असुरन’का लागि धनुष ‘बेस्ट एक्टर’ बने । मनोजले यसअघि ‘सत्या’का लागि ‘बेस्ट सपोर्टिङ एक्टर’ र ‘पिञ्जर’का लागि ‘स्पेशल जुरी अवार्ड’को पुरस्कार जितिसकेका छन् ।

अभिनेत्रीतर्फ फिल्म ‘मणिकर्णिका– द क्वीन अफ झाँसी’ र ‘पंगा’का लागि अभिनेत्री कंगना रनावतले ‘बेस्ट एक्ट्रेस’को अवार्ड पोल्टामा पारिन् ।

उनले यसअघि ‘फेसन’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘क्वीन’ तथा ‘तनु वेड्स मनु रिटर्नस’का लागि ‘बेस्ट एक्ट्रेस’ को अवार्ड जितिसकेकी छन् ।

उनीहरुबाहेक तमिल फिल्म ‘सुपर डीलक्स’का लागि विजय सेतुपतिले ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘द ताशकंद फाइल्स’का लागि पल्लवी जोशीले ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ पुरस्कार जिते ।

त्यस्तै ‘केसरी’को गीत ‘तेरी मिट्टी’को लागि बी प्राकले ‘बेस्ट मेल प्लेब्याक सिंगर’, मराठी फिल्म ‘बार्दो’का लागि सावनी रवीन्द्रले ‘बेस्ट फिमेल प्लेब्याक सिंगर’, सोहिनी चट्टोपाध्यायले ‘बेस्ट फिल्म क्रिटिक’ र मलयालम निर्देशक मुथुकुट्टी जेवियरले ‘हेलेन’का लागि इन्दिरा गान्धी अवार्ड फर बेस्ट डेब्यू फिल्म अफ अ डाइरेक्टर’को पुरस्कार जिते ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : २० बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई