ज्योति विकास बैंक र इक्यानबीच सहकार्य « Khabarhub

ज्योति विकास बैंक र इक्यानबीच सहकार्य


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य भएको छ ।

इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघका तर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार बैंकले इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । यस सम्झौता पश्चात नेपाल शैक्षिक परामर्श संघ(इक्यान)मा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३९ अर्ब लगानी गर्न सफल भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ३३ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको