बाघको छालासहित चार जना पक्राउ | Khabarhub Khabarhub

बाघको छालासहित चार जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।

बैजनाथ गाउपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा बाघको छाला र हड्डीको कारोबार भइरहेको अस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका– ११ का ५० वर्षीय गंग बहादुर खत्री, सोही गाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका–४ का ३८ वर्षीय जयलाल नेपाली छन्।

प्रहरीले चेकजाँचका क्रममा चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

उनीहरूले बोकेको झोलामा पाटे बाघको छाला एक र गंग बहादुरको हातमा रहेको प्लाष्टिकको बोरामा बाघको जस्तो देखिने हड्डी साढे दुई किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ४५ बजे

संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संवैधानिक परिषद्

फिल्म ‘द ब्ल्यू लाइट’को निर्माण घोषणा

काठमाडौं- सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’का मुख्य सहायक निर्देशक बलिराम

सर्वसाधारणका लागि खोलियो नौतले दरबार, पर्यटनमन्त्री पाण्डेले गरे उद्घाटन 

काठमाडौं– अन्तर्राष्ट्रिय पुरातत्त्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौतले दरबार

‘हेरा फेरी ३’ छोडेका परेशसँग अक्षय कुमारको लफडा, मागे २५ करोड रूपैयाँ क्षतिपूर्ति

काठमाडौं– बलिउडको फिल्मको हिट श्रृङ्खला ‘हेरा फेरी- ३’ गत अप्रिलदेखि

खुम्बु आइसफलमा पुगे कांग्रेस महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण