बालबालिकालाई सिर्जनात्मक बन्न प्रधानमन्त्रीको सुझाव « Khabarhub

बालबालिकालाई सिर्जनात्मक बन्न प्रधानमन्त्रीको सुझाव


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गरेका छन् । बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्या र आफ्ना सुझाव दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका बालबालिकालाई सम्बोधन गर्दै उनले बालबालिकालाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताए ।

“तपार्इंहरुले सिर्जनात्मक बन्दै नयाँ रकर्ड बनाउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने । उनले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढङ्गले सहभागी हुन सुझाव दिए । उनले नेपालका बालबालिका ज्ञानमा निपुण तथा आविष्कारक पूर्वजको सन्तति भएको उल्लेख गर्दै मिहिनेत गरेमा जुनसुकै काम गर्न पनि बालबालिका सक्षम हुने बताए । पूर्वजले ज्ञानविज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मिहिनेत गरेर प्रगति गर्नुपर्छ ।”

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको समूह कन्सोर्टियम नेपालद्वारा आयोजित कार्यक्रममा बालबालिकाले परिवार र समाजमा बालमैत्री वातावरण बन्नुपर्ने, विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिकासम्बन्धी संरचनाहरुमा बालक्लबहरुका बालबालिकाको अनिवार्य र अर्थपूर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागू गर्नुपर्ने सुझाव दिएका थिए ।

स्थानीय निकाय बालमैत्री बनाउन घोषणा हुनु आवश्यक रहेको सुझाव उनीहरूको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहले बाल सहभागिता प्रवर्द्धन, बालबालिकाको समान विकासका लागि समावेशी सहभागिता सुनिश्चित गर्न बजेट छुट्याउनु पर्ने सुझावको प्रधानमन्त्रीको सचिवालयबाट जानकारी दिइएको छ ।

विद्यालयमा कम बोल्ने बालबालिकाको सहभागितालाई प्राथमिकता दिनुपर्ने र स्थानीय तहमा बाल भेला नियमित र प्रभावकारीरुपमा कार्यान्वयन गराउन माग गरिएको छ । सबै बालबालिकालाई सन्तुलित र पौष्टिक आहारको सुनिश्चितता गर्न तथा परिवार र विद्यालयमा तयारी खाना (जङ्कफुड)को प्रयोगलाई पूर्ण निषेध गर्ने व्यवस्था मिलाउन पनि बालबालिकाले सुझाव दिएका छन् । – रासस

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ८ : ४५ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति