प्रदेश प्रमुख झासमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश « Khabarhub

प्रदेश प्रमुख झासमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन् ।

सोमबार आयोगका अध्यक्ष अन्सारीले प्रदेश प्रमुख झासँग भेटघाट गर्दै आयोगको वार्षिक प्रतिवेदन बुझाएका हुन् । भेटघाटका क्रममा प्रदेश प्रमुख झा र आयोगका अध्यक्ष अन्सारीबीच आयोगको गतिविधि तथा मुस्लिम समुदायका आर्थिक, सामाजिक, शैक्षिकलगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रदेश प्रमुख झाले मुस्लिम समुदायको मदरसा तथा शैक्षिक अवस्थाको विषयमा राखेको जिज्ञसामा आयोगका अध्यक्ष अन्सारीले अहिलेसम्म मदरसाहरूको अवस्था दयनीय रहेको र त्यसको सुधारका लागि आयोगले प्रयास गरिरहेको बताए ।

प्रदेश २ सरकारले ल्याउन लागेको मदरसा शिक्षा बोर्डले मदरसा शिक्षालाई पनि राष्ट्रिय शिक्षाको मूलधारमा समावेश गर्न सकिने उल्लेख गर्दै अध्यक्ष अन्सारीले लामो समयदेखि प्रदेश सभामा रहेको मदरसा शिक्षा बोर्डसम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्ने बताए ।

वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख झाले मुस्लिम समुदायको समस्या मुस्लिम समुदायले मात्रै उठाएर समाधान हुन नसक्ने भन्दै सबै वर्ग, समुदाय, जातजातिले एक–अर्काको समस्या उठाउनुपर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : ०५ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने