बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द « Khabarhub

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ ।

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६:३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६:३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिए ।

“म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो”, उनले भने, “अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्छन् ।”

यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन् ।

बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।

करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ बाट निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

आयोजनाले जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको जनाएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : ४२ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध