स्वर्गद्वारी नगरपालिकामा विद्यालय बन्द « Khabarhub

स्वर्गद्वारी नगरपालिकामा विद्यालय बन्द


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– कोरोना संक्रमण बढेपछि प्युठानको स्वर्गद्वारी नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको अवस्थामा नयाँ संक्रमणको रोकथाम र नियन्त्रण गर्न नगरपालिकाले विद्यालय बन्द गरेको हो ।

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै पालिका भित्रका अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानबाहेक मानिस भेला हुने स्थान एक साता बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य संस्थाहरुको निःसंक्रमण गर्न अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु वैशाख ९ र १० गते दुई दिन बन्द गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तरकारी, फलफूल, दूधजन्य पसल र अत्यावश्यक सेवा प्रवाहका क्षेत्रहरु तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सन्चालन हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वडा नं. ४ जिमुरपाटामा स्थापना भएको कोभिड अस्थायी अस्पताललाई पूर्वाधार तयार गरी सन्चालनका गर्ने र जनशक्तिको रुपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर शैलेश पौडेलेको नेतृत्वमा ५ जनाको टिम बनाई परिचालन गर्ने समते विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : २४ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध